औषधि व्यवसायीका समस्या समाधानका लागि व्यवसायीको माग



काठमाडौं । औषधि व्यवसायीहरुको व्यवसायिक प्रमाणपत्र (लाइसेन्स) नविकरणमा औषधि व्यवस्था विभाग लचक देखिएको छ । औषधि व्यवसायका लागि विभागबाट जारी हुने व्यवसायिक प्रमाणपत्रको नविकरण पाँच वर्षमा गर्ने व्यवस्था गर्न औषधि व्यवसायीहरुले माग गरेपछि विभागले लाइसेन्सको अवधि बढाउन सक्ने संकेत गरेको हो ।

शनिबार आयोजित नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै विभागका महानिर्देशक भरत भट्टराईले व्यवसायीलाई दिइने व्यवसायिक प्रमाणपत्रको अवधि बढाउन सकिने बताए । महानिर्देशक भट्टराईले भने तीन वर्षदेखि पाँच वर्ष भित्र कहिले नविकरण गर्ने भन्ने सम्बन्धमा छलफल गरेर टुंगोमा पुग्न सकिने बताए ।

अहिले औषधि व्यवसायका लागि दिने व्यवसायिक प्रमाणपत्रको हरेक वर्ष नविकरण गर्नुपर्ने व्यवस्था छ । कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशका कार्यवाहक अध्यक्ष ध्रुव नारायण श्रेष्ठले खुद्रा व्यवसायी, थोक व्यवसायी र आयात व्यवसायीहरुका आ–आफ्नै समस्या रहेकोले सबैलाई एकैठाउँमा भेला गरी एकमुष्ट रुपमा समस्याको समाधान खोज्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार