अमेरिकामा सोमबारदेखि कोभिडविरुद्धको खोप लगाउन शुरु गरिने



संयुक्त राज्य अमेरिकामा सोमबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले आपतकालिन प्रयोगका लागि अनुमति दिए लगत्तै खोप अभियान शुरु गर्न लागिएको हो ।

अमेरिकी कम्पनी फाइजर र उसको जर्मन साझेदार वायोएनटेकले निर्माण गरेको खोप नै अमेरिकामा पहिलोपटक लगाउन लागिएको हो । पहिलो चरणको खोप कार्यक्रमका लागि ३० लाख डोज खोप सबै राज्यहरुमा यसै हप्ताभित्र पठाइसक्ने जनाइएको छ ।

अन्य देशमा जस्तै अमेरिकामा पनि स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरुबाट नै खोप अभियान शुरु गरिने भएको छ । खोपले कोरोना विरुद्ध ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने निर्माता कम्पनीको दाबी छ । कोरोना संक्रमणका कारण अमेरिकामा हालसम्म ३ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १ करोड ६५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी

रुसको मस्कोस्थित रक्षामन्त्रालयले गएराति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी

रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई

दक्षिण अफ्रिकाद्वारा गाजामा युद्धविरामको आदेश दिन अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह

  दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) समक्ष इजराइललाई प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको आरोप लगाएको

उत्तरी गाजामा पाँच इजरायली सैनिकको मृत्यु

  इजराइली सेनाले  उत्तरी गाजा पट्टीमा पाँच जना सैनिक मारिएका बताएको छ ।