बेलायतमा कोरोना भाइरससँग जुझ्न भिटामिन ’डी’को प्रभावकारिताबारे परीक्षण गरिँदै



ब्रिटेनमा वैज्ञानिकहरूले भिटामिन ’डी’ले कोभिड १९ सँग लड्ने प्रतिरोधी क्षमता बढाउँछ कि भनेर जाँच्न परीक्षणमा सहभागी हुन चाहने स्वयंसेवीहरूको खोजी गरिरहेका छन् । सहभागी हुन चाहने मानिसहरूको घरमा छ महिनासम्म प्रतिदिन भिटामिन ’डी’ सेवन गर्नको निम्ति औषधि पठाइनेछ । त्यस्ता व्यक्तिमा भिटामिन ’डी’को कमी भएनभएको सुरुमा जाँचिनेछ ।

जाडो याममा मानिसहरूमा भिटामिन ’डी’को झन् कमी हुन सक्ने भएकाले यसअघि नै वेलायतबासीलाई थप भिटामिन लिन भनिएको थियो । त्यो सुझाव भने साधारण स्वास्थ्य अवस्था राम्रो बनाइराख्नका निम्ति भनिएको हो, कुनै खास सङ्क्रमण रोक्न होइन । विशेषगरि धेरै उमेरका मानिसहरू, धेरै तौल भएका मानिसहरू, अनि अश्वेत तथा एसियाली मूलका मानिसहरूमा भिटामिन ’डी’ को कमी भएको पाइएको छ ।

यी सबै समूहका मानिस कोभिडबाट गम्भीर बिरामी हुनसक्ने जोखिम समूहमा पनि पर्छन् । बार्ट्स च्यारीटीको सहयोगमा क्वीन मेरी युनिभर्सिटी अफ लण्डनका अनुसन्धानकर्ताहरूले परीक्षण गर्न लागेका हुन् । मुख्य अनुसन्धानकर्ता डेभिड जोलिफ भन्छन्, ‘परीक्षणले भिटामिन ’डी’ले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन भन्ने प्रश्नको ’निश्चित् जबाफ दिने सम्भावना छ।’ ‘भिटामिन ’डी’को उपयोग गर्न थोरै मूल्य पर्छ, यसको प्रयोगको थोरै जोखिम छ अनि यदि प्रभावकारी प्रमाणित भए यसले कोरोनाभाइरसविरुद्ध संसारको लडाइँमा निकै बल पुग्नेछ,’ उनले भने।

भिटामिन ’डी’को प्रयोग निकै सुरक्षित मानिए पनि हरेक दिन तोकिएकोभन्दा धेरै लिने गरेमा त्यसले दीर्घकालमा जोखिम उत्पन्न गर्न सक्छ । महामारीका बेला धेरै मानिस घरभित्रै बस्दा कतिपयमा भिटामीन ’डी’को कमी हुनसक्छ । साधारणतया धेरै मानिसले घरबाहिर समय बिताउँदा सूर्यको किरणबाट छालामार्फत् भिटामिन ’डी’ प्राप्त गर्छन् ।

ब्रिटेनको स्वास्थ्य सेवा एनएचएसले मानिसहरूलाई यदि धेरै समय घरभित्रै बिताउने गरिएको छ भने प्रतिदिन १० माइक्रोग्राम भिटामिन ’डी’ खान सुझाव दिएको छ । महामारीभन्दा पहिले पनि त्यहाँ मानिसहरूलाई अक्टोबरदेखि मार्चसम्म भिटामिन ’डी’ लिन भनिएको थियो ।

पब्लिक हेल्थ इङ्ग्ल्यान्डले यदि तपाईँ बाहिर निस्कने गर्नुहुन्न, यदि तपाइँ कुनै आश्रयस्थलमा बस्नुहुन्छ र यदि तपाइँ घाममा निस्कँदा पूरै जीउ ढाकिने कपडा लगाउनुहुन्छ भने तपाइँलाई वर्षैभरि भिटामिन ’डी’ खान सुझाव दिने गरेको छ । साथै कालो छाला भएका मानिसहरूले बाहिर धेरै समय बिताएपनि पर्याप्त भिटामिन ’डी’ प्राप्त नगरेको हुनसक्ने भन्दै थप खानसक्ने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाँगुनारायण अस्पतालमा सेवा विस्तार, थाइराइडदेखि शरीरमा हुने विभिन्न भिटामिनको परीक्षण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्थानीयस्तरमै आफ्ना नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न नगर

नाटो सदस्य राष्ट्रहरूबीच रक्षा बजेटमा उल्लेखनीय वृद्धि

ब्रसेल्स । नाटोले सन् २०२४ मा ३२ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले आफ्नो कुल

‘विनफास्ट’को विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

हनोई । भियतनामको विद्युतीय गाडी निर्माता ’विनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको

ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई सन्देशः ‘अब शान्ति सम्झौता गरौं’

युक्रेन । कीभमा भएको घातक रुसी मिसाइल आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी