लमजुङमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । लमजुङ जिल्लामा आइतबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा थप १४ जना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा लमजुङको सुन्दरबजारका २ जना सरसफाई कर्मचारी, मुक्तिनाथ विकाश बैंकमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालकलगायत छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५३१ पुगेको छ । त्यस्तै, गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १,७८५ पुगेको छ ।