कपिलवस्तुमा थप २४ जनामा कोरोना संक्रमण
काठमाडौं । कपिलवस्तुमा कोभिड १९ थप २४ जनामा पोजेटिभ देखिएको छ । जिल्ला स्वास्थ कार्यालय, कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिकाको बहादुरगन्ज बजार र कृष्णनगर बजार क्षेत्रबाट संकलन गरिएको ३२९ नमुना मध्ये २४ वटा पोजेटिभ, ८७ नेगेटिभ र २१८ नतिजा प्रतीक्षामा छन् । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या १,००६ पुगेको छ ।