बाल सचेतना केन्द्रले पुस २६ मा बौद्धमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने



काठमाडौं । मन बचन र कर्मले दीन दुः खीको सेवा गरौं, स्वास्थ्य शिविर कार्यक्रममा सहभागी बनौं , भ्रमण वर्ष २०२० सफल पारौं भन्ने उद्देश्यका साथ बाल सचेतना केन्द्र नेपालले बृहत निः शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

शिविर काठमाडौं महानगरपालिका ६ बौद्धमा .सञ्चालन हुने भएको छ । सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्राउने मूल उद्देश्य राखेर मनाउन लागिएको ‘भिजिट नेपाल’का लागि देशभर यसको तयारी भईरहेको छ ।

यसमध्य बालसचेतना केन्द्र नेपालले पनि भ्रमण वर्षलाई नै लक्षित गर्दै शिविर आयोजना गरेका संस्थाका केन्द्रिय अध्यक्ष बाबुराम फुयाँलले बताए । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकमा हुने कार्यक्रममा नेपाल भारत मैत्री हस्पिटलले भिडियो एक्सरे तथा ल्यावसहितको सेवा दिने आयोजकले बताएका छन् ।

शिविर बौद्ध स्तुपा परिसरमा बिहान ९ बजेदेखि शुरु गरिने आयोजकले जनाएको छ । शिविरमा जनरल फिजिसियन, नसा तथा बाथ रोग, बाल रोग,नाक, कान घाँटी, स्त्री रोग, सुगर तथा प्रेसर लगायतका विविध रोगको उपचार गरिने बताइएको छ ।

आधारभूत तथा जटिल प्रकृतिका स्वास्थ्य सेवाबाट वञ्चित वृद्ध, बालबालिका तथा विपन्न वर्गका व्क्तिहरुलाई लक्षित गर्दै पौष २६ गते शनिबार उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

शिविरबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रबाट पाल्नुहुने पर्यटक पाहुना लगायत स्थानिय स्तरका गरिव, असहाय, विपन्न, जेष्ठ नागरिहरु लाभान्वित हुने आयोजकको विश्वास रहेको छ । स्वास्थ्य शिविरमा सहभागी भएर निःशुल्क स्वास्थ्य लाभ लिन अध्यक्ष फुयालले क्रियाशील सबै स्थानिय संघसंस्था, त्यसका पदाधिकारीहरु,बुद्धिजिवी, समाजसेवी, सर्वसाधारण तथा पत्रकारहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको

कोरोना संक्रमणबाट २ जनाको मृत्यु, ३६६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको

अहिलेको खोपले ओमिक्रोन भेरियन्टविरुद्ध काम गर्ने डब्ल्यूएचओको भनाइ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिडविरुद्धका खोपहरूले नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर

थप २७२ जनामा कोरोना संक्रमण, २ को मृत्यु, ३०४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको