सभामुखले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने


काठमाडौँ । सभामुख डीपी अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउनु सबैको साझा दायित्व भएकाले सभामुख अर्यालले आफ्नो पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको सभामुखको सचिवालले जनाएको छ ।

त्यसैगरी, संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट नेपाल सरकारको निर्णयबमोजिम रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।