काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । निर्वाचन समितिका अनुसार आज राति ८ बजेदेखि मतदान सुरु हुनेछ । यसअघि आज दिउँसो उम्मेदवारी दर्ताको समय तोकिएको थियो । सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ ।
मंगलबारै निर्वाचन हुने भनिएपनि संस्थापन पक्षसँग सहमतिका लागि भन्दै स्थगित गरिएको थियो । आज पनि सहमतिका लागि संस्थापन पक्षसँग छलफल चलिरहेकाले मतदानको समय पछि सारिएको हो ।


प्रतिक्रिया