निराशामा जुधिरहेको देशलाई नयाँ सङ्कल्पका साथ अघि बढाउन चुकेको ठाउँबाटै अघि बढ्नुपर्नेछः महामन्त्री शर्मा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब पुरानै ढङ्गबाट अघि बढ्न नसक्ने बताएका छन् ।

आइतबार पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले नेतृत्वबाट कमजोरी भएको र त्यसको हिस्सा आफूहरूले पनि लिने भन्दै पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने बताएका हुन् ।

उनले निराशामा जुधिरहेको देशलाई नयाँ सङ्कल्पका साथ अघि बढाउन चुकेको ठाउँबाटै अघि बढ्नुपर्ने बताए । उनले भने, ‘पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैन । नयाँ परिस्थितिमा मनस्थिति र सोच पनि बदल्नुपर्छ ।’

महामन्त्री शर्माले कांग्रेसमात्र नभएर कमजोर बनेको देशलाई नै बलियो बनाउने अभियानमा कांग्रेस लागेको बताए । महामन्त्री शर्माले महाधिवेशन प्रतिनिधिले रुपान्तरित कांग्रेस खोजेको बताए ।

उनले भने, ‘पार्टीभित्रको कमजोरीको हिस्सा हामी ड्राइभिङ सिटको नजिक बसेका हामीले पनि लिन्छौँ ।’ महामन्त्री शर्माले समय अनुकूल कांग्रेलाई परिवर्तन गर्नका लागि विशेष महाधिवेशनको मैदानमा उभिएको बताए ।