काठमाडौँ । शुक्रबार शेयर बजार नेप्से ओरालो लागेको छ । शुक्रबार नेप्से ७.३८ अंकले घटेको हो । आज १ करोड ६ लाख २ हजार कित्ता शेयर ३ अर्ब ८८ करोड ७५ लाख रुपैयाँमा किनबेच भएको छ ।
आज बैंकिङ र मुचुअल फन्ड झिनो अंकले धनात्मक भएका छन् भने बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । आज १८१ कम्पनीको शेयरमूल्य घटेको छ भने ८९ कम्पनीको मूल्य केही बढेको छ । आज सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको २० करोड २२ लाख २१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया