काठमाडौँ । मंगलबार शेयर बजार नेप्से बढेको छ । मंगलबार नेप्से ९.२४ अङ्कले बढेको हो । आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढेकोमा जलविद्युत् समूह १ प्रतिशतले उकालो लागेको छ ।
आज १८१ वटा कम्पनीको शेयर बढेकोमा ८४ वटाको घटेको छ । आज माथिल्लो मैलुन खोला जलविद्युत्को शेयर ७.१५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन उपकार लघुवित्तको शेयर साढे ८ प्रतिशतले घटेको छ ।
आज ३४१ वटा कम्पनीको ७६ लाख १३ हजार कित्ता शेयर २ अर्ब ९० करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया