२८ सयले बढ्यो तोलामा सुन


काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ ।