नेप्सेमा ५ अर्ब ५२ करोडको कारोबार


काठमाडौँ । सोमबार शेयर बजार नेप्से सामान्य घटेको छ । सोमबार नेप्से २.०१ अङ्कले घटेर २ हजार ६४१.८२ विन्दुमा झरेको छ । आज जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा फाइनान्स समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज २०१ वटा कम्पनीको शेयर घटेकोमा ७२ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज फस्र्ट माइक्रो फाइनान्स लघुवित्त र महिला लघुवित्तको शेयर साढे ६ प्रतिशतले घटेको छ ।

बजार सामान्य घटेको दिन सर्वाेत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको शेयर १५ प्रतिशतले बढेको छ । आज ३५० वटा कम्पनीका १ करोड १९ लाख कित्ता शेयर ५ अर्ब ५२ करोड रुपैयाँमा किनबेच भएको छ ।