काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा ६ हजार चार सयले बढेको छ भने चाँदी एक सय १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख सात हजार नौ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार सात सय ८० कायम भएको छ ।
हिजो सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार पाँच सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार छ सय ७० कायम थियो ।

प्रतिक्रिया