माओवादीहरु डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा अफवाह फैलाउन लागेः सांसद गिरी



काठमाडौं । नेकपा एमालेले डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा माओवादीले आम जनतालाई भ्रमित पारेको आरोप लगाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद पदम गिरीले माओवादीले आफू सरकारमा विवाद समाधान नगरेको र अहिले जनतामा भ्रम छरेको आरोप लगाएका हुन् ।

उनले डेडिकेटेड तथा ट्रंक लाइन टिओडी मिटर रिडिङ प्राधिकरणले व्यवसायीलाई उपलब्ध गराउन आग्रह गर्दा नगरेकाले विवाद देखिएको दाबी गरे ।

उनले लाल आयोगले प्रतिवेदनलाई अनदेखा गरेर फरक रुपमा प्राधिकरणले विद्युतको बिल पठाएर असुल उपर गर्न खोजेपछि व्यवसायीले आन्दोलित भएको उल्लेख गरे ।

उनले भने, ‘२०७२ सालदेखि अहिलेसम्म माओवादी केन्द्रले केही महिनाबाहेक निरन्तर उर्जा मन्त्रालयको जिम्मेवारी लिनुभएको छ। तर दुर्भाग्य के छ भने उद्योगी र व्यवसायीले उपभोग गरेको डेडिकेटेड तथा ट्रंक लाइनका नाममा २२ अर्बभन्दा भुक्तानी लिनुपर्ने छ भनेर केही लाइन काट्ने काम भएको छ। तर डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको टिओडी मिटरको बिल प्राधिकरणले दिन सकेको छैन। पूर्वाग्राही ढंगले लाइन काटिएको छ।’

उनले महसुल लिँदा विधिमा टेकेर लिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले उद्यमीहरुले प्रयोग गरेको बिजुलीको पैसा नउठाउ भनेर भन्यो भनेर माओवादी केन्द्रले अफवाह नफैलाएको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले पाउनुपर्ने पैसा लिनुपर्छ भन्नु भएको छ । सरकारले पनि तिर्नुपर्ने पैसा तिराउँ भनेको हो तर माओवादीहरु अफवाह फैलाउन लागे।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निषेध गरेर लाने भए सरकारले औपचारिक रुपमै भन्दियोस् तिमीहरु विद्रोहमा जाउः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्यमा आस्था राखेकै

सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छः प्रचण्ड

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गलत

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विनियोजन

हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ, तर हामीले असर भने धेरै भोगिरहेका छौँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता