अर्थमन्त्रीसँग होटल संघको आग्रहः विमानस्थलहरू पूर्ण क्षमतामा चलाउनुपर्यो



काठमाडौँ । होटल संघ नेपाल (हान) ले विमानस्थलहरू पूर्ण क्षमतामा चल्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष विनायक शाह नेतृत्वमा गएको टोलीले मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गर्दै विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएर पर्यटक आगमन बढाउन माग गरेको हो ।

भेटमा अर्थमन्त्री पौडेलले बढ्दै गएको होटलहरूको सङ्ख्या र क्षमता उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

अर्थमन्त्री पौडेलले पर्यटकीय तथा राष्ट्रिय महत्त्वका पोखरा, चितवन, लुम्बिनी लगायतका राजमार्ग विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

अर्थमन्त्री पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटन/होटल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धन गर्न अभिप्रेरित रहने बताउँदै व्यवसायीहरूले लामो समयदेखि होटेल क्षेत्रलाई उद्योग सरहको मान्यता दिने माग प्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने बताए ।

उनले नेपालमा आउने भारतीय पर्यटकबाट खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउने लगायत होटल संघ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयहरूमा मन्त्रालय सकारात्मक रहेको बताए ।

हानका अध्यक्ष शाहले होटलको सङ्ख्या तथा क्षमता बढे अनुरूप माग बढ्न नसकेको हुँदा आउँदो मौद्रिक नीति लगायतका सरकारी पहल आवश्यक रहेको विवरण प्रस्तुत गर्दै ज्ञापन पत्र पेस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

लगानी बोर्ड बैठकद्वारा अर्थमन्त्रीको संयोजकत्वमा सार्वजनिक–निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति गठन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले परियोजनाहरूको प्राथमिकीकरण

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसदमा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव

काठमाडौँ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक भएको छ । तीनवटै

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ : प्रवक्ता महत

त्रिशूली। नेपाली कांग्रेसका प्रवक्ता  डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न