भरतपुर महानगरले ल्यायो ४ अर्ब ८१ करोडको बजेट



भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार नगर सभामार्फत महानगरपालिकाका उप–मेयर पार्वती शाह ठकुरीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँट तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट विनियोजन गरेकी हुन् ।

यस्तो व्यवस्थापन आन्तरिक आयबाट १ अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँटबाट प्राप्त आय समेत),अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ७७ करोड २९ लाख ८३ हजार,केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त  ४४ करोड ८२ लाख ८२ हजार,जनसहभागिताबाट ३० करोड,बैंक मौज्दातबाट १ अर्ब,मर्मत सम्भार कोषबाट ३ करोड,सडक बोर्डबाट  ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट ३ करोड रहने महानगरपालिकाले प्रक्षेपण गरेको छ ।

अन्तर सरकारी अख्तियारीबाट अनुमानित १ अर्ब २० करोड मूल सञ्चितकोषमा प्राप्त नहुने भएकोले अन्तर सरकारी अख्तियारी शीर्षकबाटै खर्च तथा लेखांकनको व्यवस्था गरिने समेत महानगरले जनाएको छ ।

महानगरले आजै नगर सभामार्फत पारित गरेको आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि यस पटक बजेटको मुख्य प्राथमिकताका क्षेत्रहरुमा सहरी पूर्वाधार विकास,कृषि,शिक्षा,स्वास्थ्य,रोजगारी,पर्यटन पूर्वाधार,उद्योग तथा वाणिज्य,सूचना तथा प्रविधिसँगै युवा तथा खेलकुद क्षेत्रको विकास र निजी क्षेत्रको विकासको समेत लक्ष्य राखेको छ ।

भरतपुर महानगरपालिकाले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि २ करोड बजेट छुट्याएको छ । यसका साथै चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र अधुरो योजनाहरु समयमै सम्पन्न गर्नका लागि भन्दै महानगरले एकमुष्ट ९८ करोड बजेट विनियोजन गरेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत