वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब ५५ करोडको बजेट



वीरगंज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि तीन अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शान्ति कार्कीले चालु तर्फ एक अर्ब ८६ करोड ३५ लाख, पूँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापन तर्फ छ करोड ६० लाख विनियोजन गरेको जानकारी दिइन् ।

प्रदेश नं. २ को एक मात्र महानगरपालिकका विनियोजित बजेट मध्ये समाजिक विकासका क्षेत्रमा एक अर्ब १५ करोड ५८ लाख, पूर्वधार विकास क्षेत्रमा एक अर्ब ३५ करोड ६६ लाख र कार्यालय तर्फ ८० करोड ७३ लाख रहेको छ ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले अगामी आर्थिक वर्षमा गर्भवती तथा बालबालिकाका लागि पोषण, वर्थिङ सेन्टरको भवन निर्माण, पूर्वाधारको विकास, सामुदायिक विद्यालयको स्तरोन्नती ,स्वास्थ्य सुबिधाको विकास, ज्येष्ठ नागरिक सम्मान , कृषि तथा कृषको विकासमा केन्द्रित रही काम गर्ने नीति तथा कार्यक्रम ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय

नेप्से परिसूचकको ओरालो यात्रा जारी, दुई अर्ब नौ करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो

नौ महिनामा तातोपानी भन्सारमा आठ अर्ब ५६ करोड राजश्व संकलन

  चौतारा । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको