हेटौँडा उपमहानगरपालिकाद्वारा दुई अर्ब ६० करोडको बजेट प्रस्तुत



हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि दुई अर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ ।

उपप्रमुख मीनाकुमारी लामाद्वारा बिहीबार नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकासमा एक अर्ब ३० करोड ४५ लाख, आर्थिक विकासमा १२ करोड ९८ लाख, सामाजिक विकासमा ६३ करोड ९२ लाख, स्वास्थ्य विकासमा आठ करोड ७६ लाख विनियोजित गरिएको छ ।

संस्कृति प्रवद्र्धनमा दुई करोड ३७ लाख, खेलकूद तथा मनोरञ्जनमा तीन करोड ७२ लाख , लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा तीन करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा पाँच करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ एक करोड ९१ लाख बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले आगामी आवको नीति तथा कार्यक्रममा कोभिड अस्पताललाई थप सहयोग, सडकको विस्तार, बसपार्क निर्माण, पर्यटकीय स्थानको विकास र विस्तार, प्रत्येक वडामा खानेपानीको व्यवस्थापन, वातावरण प्रदुषण नियन्त्रण, नमूना शहरीकरण गर्ने प्रक्रियालाई अघि बढाइने रहेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
९ महिनामा वीरगञ्ज महानगरपालिकाद्वारा ३६ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाहीको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई

पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यबृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले

निगमले बुझायो जहाज खरिद गर्दा लिएको किस्तावापतको ५३ करोड

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको