नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्धि
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै निगमले आइतबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १ १ रुपैयाँ बढाउने निर्णय गरेका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।