भन्सार कर्मचारीको माइण्ड सेटका कारण उद्योगी मारमाः अध्यक्ष राणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भन्सारमा बस्ने कर्मचारीको मानसिकताले वस्तुको मूल्याङ्कन तथा वर्गिकरणमा समस्या हुने गरेको बताएकी छन् ।

६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष राणाले भन्सारमा रहेका कर्मचारीको माइण्ड सेटका कारण समस्या हुने गरेको बताएकी हुन् ।

उनले व्यक्ति परिवर्तन हुँदा वस्तुको मूल्याङ्कन र वर्गिकरणमा समस्या देखिने गरेको बताइन् । वस्तुको मूल्य अन्तर्राष्ट्रिय बजारमा परिवर्तन भइरहने र ब्राण्ड, गुणस्तर र खरिद गरिएको परिणाम अनुसार फरक फरक मूल्य हुने भएकाले पनि एउटै वस्तुको मूल्य फरक फरक हुने गरेको बताइन् ।

उनले कतिपय वस्तुमा विदेशी कम्पनीले निर्धारण गरेको कोड र नेपालको भन्सार कोड नमिल्ने गरेकोले समेत व्यवसायीहरु समस्यामा पर्ने गरेको बताइन् ।

कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले व्यवसायीहरुले आफूले आयात गरेको वस्तुको वास्तविक मूल्य नदिएकाले समस्या आएको बताए । उनले व्यवसायीहरु इमान्दार भएर मूल्य खुलाएमा कुनै समस्या नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन