बैंकहरुले नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आग्रह



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले १५ अर्ब पूँजी भएका बैंकले २/३ अर्ब रुपैयाँ नाफा कमाउनु धेरै नभएको बताए ।

उनले नाफा अर्बमा देखिएपनि प्रतिशेयर आम्दानी कम हुने बताए । उनले देशको अर्थतन्त्र सकारात्मक हुनुमा बैंकहरुको भूमिका महत्वपूर्ण हुने समेत बताए । व्यापार घाटा बढ्दै जाने अवस्थाको अन्त्य भएको तर रेमिट्यान्स बढी चाहिने, राजश्व बढी उठाउनु पर्ने, बैंकको ब्याजदर कम हुनुपर्ने यी सबै एकसाथ खोज्दा अर्थतन्त्रमा असर हुने बताए ।

अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ५० प्रतिशत रकम साना तथा मझौला क्षेत्रमा प्रवाह गर्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक मुद्दामा एकता गर्ने निजी क्षेत्रको घोषणा

काठमाडौं । निजी क्षेत्रका संस्थाले आर्थिक मुद्दामा एकता गरेर अघि बढ्नसक्ने घोषणा गरेका

निर्यात सहजीकरणका लागि ‘नेपाल ट्रेड इन्फरमेसन पोर्टल’को शुभारम्भ

काठमाडौं । व्यवसायसम्बन्धी सम्पूर्ण आवश्यक सूचना सहज तथा सरलरुपमा एकै थलोबाट उपलब्ध गराउने

२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना निर्माण गरिने

काठमाडौं । देशभित्र हालसम्मकै ठूलो सौर्य परियोजना अगाडि बढ्ने भएको छ । लगानी

देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गरिने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने