पछिल्लो एक वर्षमा वित्तिय सूचकहरुमा उल्लेख्य सुधार गरेको कृषि विकास बैंकको दाबी



काठमाडौं । कृषि विकास बैंकले पछिल्लो एक वर्षमा वित्तिय सूचकहरुमा उल्लेख्य सुधार गरेको जनाएको छ । बैंकले ५३ औं वार्षिकोत्सवको अवसरमा आइतबार पत्रकार सम्मेलन गरी अघिल्लो वर्षको पुस मसान्त यता निक्षेप, कर्जा तथा मुनाफामा सुधार गरेको जनाएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले विगतमा औषतमा १५ प्रतिशत लाभांश दिएकोमा गत वर्ष २१.०५ प्रतिशत र आर्थिक वर्ष २०७५÷०७६को नाफाबाट यस वर्ष ३० प्रतिशत लाभांश दिन सफल भएको बताए । उनले अघिल्लो वर्षको पुस मसान्तमा १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेकोमा अहिले १५ दशमलव ४४ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको जानकारी दिए ।

कर्जा तथा लगानी पनि १० दशमलव २३ प्रतिशतले बढेर १ खर्ब १७ अर्ब पुगेको उनले बताए । त्यस्तै उनले आगामी सात वर्षका लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र १ हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘एडिबिएल–कृषि बैंक ऋणपत्र २०८३’ निष्कासन गर्ने अन्तिम तयारी गरेको समेत बताए । प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यो अवधिमा बैंकको खराब कर्जा पनि १० दशमलव ३१ प्रतिशतले घटेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयात निर्यात दुवैमा गिरावट आउँदा वीरगञ्ज भन्सारको कारोबार घट्यो

वीरगञ्ज । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय मार्फत् हुने आयात र निर्यात

दूध बिक्री नहुँदा दाङका किसान चिन्तित

तुलसीपुर । दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित  मनिराम चौधरीले वर्षातले  धानबाली बगाएकामा चिन्ता व्यक्त

तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३