कुमारी बैंकले देवःलाई प्राप्ति गरेपछि चुक्तापुँजी साढे १२ अर्ब पुग्ने



काठमाडौं । कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । यस सम्बन्धमा दुई बैंकबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा कुमारी बैंकका सञ्चालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवाली र देव विकास बैंकका सञ्चालक समितिका सदस्य भरतबहादुर हमालले हस्ताक्षर गरे । दुवै आआफ्नो बैंकका प्राप्ति तथा मर्जर समितिका संयोजक हुन् ।

समारोहमा दुवै बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायत बैंकका उच्च व्यवस्थापनका पदाधिकारी सहभागी थिए ।

प्राप्तिपछि कुमारीको चुक्तापुँजी १२ अर्ब ५० करोडभन्दा बढी, निक्षेप १ खर्ब २० अर्ब तथा ऋण लगानी १ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी हुने बताइएको छ । बैंकका शाखा संख्या २ सय हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

काठमाडौंको नक्सालस्थित हिलटन होटल संचालनमा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा शुक्रबारदेखि सञ्चालनमा आएको हिल्टन होटलले

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले