नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्म ढुंगाना नियुक्त



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्म ढुंगाना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक ढुंगानालाई केही समय अघि बोर्डमा विज्ञका रुपमा सञ्चालक नियुक्त गरिएको थियो ।  बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा. केशब प्रसाद श्रेष्ठको नाम अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषद पठाएको थियो ।

अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयालकोे संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य रहेको छनौट समिति गठन गरेको थियो ।

समितिले खुल्ला प्रतिष्पर्धाबाट आव्हान गर्दा ८ जनाको आवेदन परेको थियो । ढुंगानाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए तथा बेलायतबाट विजनेश फाइनान्समा एमबीएसम्मको अध्ययन गरेका छन् ।

पूर्वी नेपालको मोरङ जिल्लामा २०१९ माघ १० गते जन्मिएका ढुंगानाले २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए भने २०४६ सालमा नेपाल राष्ट्र बैंक प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्यास सिलिन्डर साट्दा अतिरिक्त मूल्य तिर्नुपर्ने व्यवस्था हटाउन सांसद कोइरालाको माग

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्ने क्रममा सांसदहरूले नागरिकका जनजीविका, पूर्वाधार निर्माण,

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं । नेपाली  बजारमा तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको

सरकारलाई बजेटमा योजना छान्न सकस, ‘प्रोजेक्ट बैंक’ का आयोजनामा कटौती

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन अब १० दिन बाँकी