नयाँ वर्षमा टेलिकमको ‘नयाँ अफर’



काठमाडौं । अंग्रेजी नयाँ वर्ष (२०२० जनवरी १) देखि नेपाल टेलिकमले विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।

टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम(सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । पुस १६ अर्थात् २०२० जनवरी १ (अंग्रेजी नयाँ वर्ष) देखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुनेछ ।

नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सका रूपमा उपलब्ध हुनेछ भने ४० मिनेट टक टाइम अर्थात् कुराकानी गर्न, ६० एमबी डाटा चलाउन र २० एसएमएस पठाउन सकिनेछ । सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिनेछ । यस्तै ४० मिनेट टक टाइम र २० एसएमएस एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिनेछ ।

यसअघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकले २०७६ पुस १५ गतेसम्म सिम एक्टिभेट गरे पुरानो व्यवस्थाअनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ भने पुस १६ गते वा सोभन्दा पछि एक्टिभेट गरे नयाँ व्यवस्थाअनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ ।

नयाँ प्रिपेड सिममा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भए पनि यसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन र ९० रुपैयाँमै सिमकार्ड उपलब्ध हुनेछ । यसबाट नेपाल टेलिकमका ग्राहक अझ बढी लाभान्वित हुन सक्ने कम्पनीले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सेवासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो