अनसनमा एकदिने असन महोत्सव आयोजना



काठमाडौं । काठमाडौंको व्यापारिक बजार असनको ऐतिहासिकता प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार एकदिने महोत्सव आयोजना गरिएको छ । असन सेवा समाजको सहकार्यमा वडा नम्बर २७ ले असन बजारको मूख्य चोकमा महोत्सव आयोजना गरेको हो ।

‘नेपालको पहिचान र गौरव भएको नेपाल संबत् सरकार आफैंले सञ्चालन गर्नुपर्छ’ भन्ने मुल नारासहित असन चोकमा महोत्सव चलाइएको हो । महोत्सववलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेवारी संस्कृतिको संरक्षणका लागि सबै नेवार समुदायहरु मिलेर अगाडी बढ्नुपर्ने बताए ।

त्यस्तै नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिका संयोजक रमेश महर्जनले नेवारी संस्कृति र मौलिकता जोगाउन सके पर्यटन क्षेत्रको समेत विकास हुने बताए ।

महोत्सवमा नेवारी परिकारहरु यमरी, बारा, मःम, छोइला, कचिला, सफुमिचा, चोही, बः लगायतका स्टल, नेवारी साहित्य, सृजना र संस्कृति सम्बन्धि पुस्तकका स्टलहरु राखिएका छन् । त्यस्तै परम्परागत नाच र गायन गरी ३० वटा प्रस्तुति समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा जलविद्युत्को उत्पादन वृद्धि गरी आर्थिक समृद्धि

बाढीले २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै आएको बाढीका कारण

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

  काठमाडौँ । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत विदेशी