काठमाडौंको भृकुटीमण्डपमा भौचर मेला



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि भौचर मेला सुरु भएको छ । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले भौचरमा आधारित तालिम मेला आयोजना गरेको हो ।

परियोजनाका उपनिर्देशक सुदर्शन मरहठ्ठाले आर्थिक वर्ष २०७६/०७७ मा ७ हजार ५ सय जनालाई तालिम दिई रोजगारी उपलब्ध गराउने योजना अनुरुप भौचरमा आधारित तालिमका लागि मेलाको आयोजना गरिएको जानकारी दिए ।

उनले मेलामा ५८ वटा तालिम प्रदायक संस्थाहरुका स्टल रहेका र सहभागीहरुले इच्छा लागेको विषयको तालिम आफूलाई पायक पर्ने संस्थाबाट लिन सक्ने बताए । मेलामा १० हजार ९ सय ४१ जना सहभागीहरु छनौट भएका छन् । मेला मंगलबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहका लागि  एक खर्ब ९४ अर्ब र रक्षा मन्त्रालयका लागि  ५८ अर्ब ८४ करोड बजेट विनियोजन

  काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले १७ खर्ब

ट्रान्समिसन लाइन निर्माण गर्न ४६ करोड बजेट विनियोजन

  काठमाडौं  । सरकारले सिमेन्ट, फलाम र तारे होटेल जस्ता ठूला उद्योगसम्म पुग्ने

कुरकुरे, पास्ता, चाउचाउदेखि मदिरासम्ममा बढ्यो अन्तःशुल्क

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको

बजेट निजी क्षेत्रको मनोबल बढाउनेगरी आएको छ, कार्यान्वयन हेर्न बाँकी छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी आर्थिक वर्षको