पुस १२ गतेदेखि पोखरा सडक महोत्सव



काठमाडौं । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । पोखराको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुर्याउने उद्देश्य सहित रेबान पोखराले पुस १२ देखि १६ गते सम्म ‘२१ औं पोखरा सडक महोत्सव २०१९/२०’ आयोजना गर्न लागेको हो ।

रेबान पोखराले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको हो । सम्मेलनमा सडक महोत्सवका संयोजक तथा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराका उपाध्यक्ष लक्ष्मण बरालले सातै प्रदेश र पोखरा सेरोफेरोका सांस्कृतिहरु महोत्सवको मुख्य आकर्षण हुने जानकारी दिए ।

उनले ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित पर्यटकीय केन्द्र लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको बताए ।

महोत्सवको मुख्य आकर्षणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, खानाका परिकारहरु, मनोरञ्जनात्मक खेलकुद, हस्तकला प्रदर्शनी लगायत रहेको छ । महोत्सवले भ्रमण वर्ष २०२०मा सरकारले राखेको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न समेत सहयोग पुर्याउने विश्वास आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दानामा २२० केभी क्षमताको विद्युत् सवस्टेशन निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभी क्षमताको विद्युत् सवस्टेशन निर्माण भएको

नख्खुमा क्यूआर कोड भुक्तानी प्रणाली सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद रहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरको नख्खु

सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन व्यवसायीको माग

काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न

निर्वाचनले आर्थिक सुधारमा अवरोध हुँदैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारकोे