लक्ष्मी बैंकले शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । लक्ष्मी बैंकको १९ वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई बोनस शेयर र नगद लाभांस दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको बैंकको साधारणसभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश र चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।

बैंकले ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ बराबरको नगद लाभांश र ८९ करोड २० लाख ५० हजार ८६४ रुपैयाँ बराबरको बोनस शेयर दिने भएको हो । नगद लाभांशमा कर प्रयोजनका लागि समेत छुट्याइएको बैंकले जनाएको छ ।

बैंकका सञ्चालक रमण नेपालले बैंकले निक्षेप तथा कर्जामा उल्लेखनिय वृद्धि गर्त सफल भएको र झण्डै ३५ प्रतिशत खुद नाफा वृद्धि गर्न सफल भएको जानकारी दिए ।

यस्तै बैंकले उपयुक्त बैंक वा वित्तिय संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा अन्य कुनै संस्थालाई प्राप्ति गर्ने सन्दर्भमा काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ । लक्ष्मी बैंकले ४८ जिल्लामा ११९ शाखा, १४४ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनका लागि महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुनरोत्थानका लागि मौद्रिक

धितोपत्रको राफसाफ दुई कार्यदिनमा हुने

काठमाडौं । तपाईंले खरीद वा बिक्री गरेको शेयर दुई कार्य दिनमा नै राफसाफ

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल,

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक