सिभिल बैंकको साढे ६ प्रतिशत नगद लाभांश पारित



काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रस्तावित ६.५७ प्रतिशत नगद लाभांश पारित भएको छ । बैंकको आइतबार बसेको नवौं वार्षिक साधारण सभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७ प्रतिशतका दरले हुन आउने ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । साथै सभाले आर्थिक वर्ष २०७६/०७७को लेखापरिक्षण गर्नको लागि एनबीएसएम एण्ड एशोसिएट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।

साथै, सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्जर वा प्राप्ति (एक्विजिसन ) गर्ने वा स्वदेशी र विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । हाल बैंकको शाखा संख्या १०२ र एटिएम संख्या ७६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको

क्याफेमा ‘कृषि हाटबजार’

काठमाडौं । क्याफे भनेपछि धेरैको मनमा आउँछ कफीको सुवास । मःम, बर्गर, पिज्जा,

दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना

म्याग्दी । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ