निर्यात व्यापार सन्तोषजनकः राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव शून्य छ प्रतिशतले वृद्धि भएको छ ।

चीन तथा अन्य मुलुकतर्फ भने निर्यात घटेको छ । गत वर्षको यसै अवधिको तुलनामा चालू आवको कात्तिक मसान्तसम्म चीनतर्फ छ प्रतिशत र अन्य मुलुकतर्फ चार दशमलव सात प्रतिशतले निर्यातमा कमी आएको हो ।

भारततर्फ नेपालको तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुसलगायतका वस्तुको निर्यात घटेको छ ।

आव २०७६/७७ का चार महिनामा कूल वस्तु आयात छ दशमलव नौ प्रतिशतले घटेर  चार खर्ब ५० अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस प्रकारको आयात ३५ दशमलव शून्य आठ प्रतिशतले बढेको थियो । अन्य मुलुकबाट १० दशमलव शून्य नौ प्रतिशतले घटेको छ भने चीनतर्फ भने १२ दशमलव शून्य आठ प्रतिशतले बढेको छ ।

आयाततर्फ कच्चा पाम तेल अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुहरुको आयात घटेको छ ।

त्यसैगरी आव २०७६/७७ को चार महिनासम्ममा कूल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले सङ्कुचन भई रु चार खर्ब १४ अर्ब दुई करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७ दशमलव शून्य आठ प्रतिशतले वृद्धि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीमा करोडौँ लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द

टीकापुर । कैलालीको टीकापुरमा करोडौँ लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द भएको

कर्णालीमा पेट्रोलियम भण्डारण गृह निर्माणमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने योजनाले गति लिन सकेको

कागती खेतीमा भविष्य खोज्दै धर्मराज

ढोरपाटन  । बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती

ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन