सुनचाँदीमा राजश्व छली गर्नेविरुद्ध राजश्व अनुसन्धान विभागद्वारा मुद्दा दायर



काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेकोे छ ।     कैलालीको धनगढी उपमहानगरपालिका–१ का रमेशकुमार सैजु र सीताकुमारी चौधरीले राजश्व चुहावट गरेको पाइएकाले एक करोड ५३ लाख १५ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको राजश्व अनुसन्धान विभाग ललितपुरले जनाएको छ ।

उनीहरुले एक करोड २३ लाख मूल्य बराबरको सुन र झण्डै चार लाख बराबरको चाँदीमा राजश्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरु विरुद्ध बुधबार मुद्दा दायर गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बा १९ च ७४१३ नम्बरको गाडी जाँच गर्दा बिना बिलविजक उक्त मूल्यको सुन र चाँदी फेला पारी राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको थियो । अनुसन्धानमा कुनै वैधानिक प्रमाण फेला नपरेकाले सैजु र चौधरीले बिना इजाजत अन्य मुलुकबाट भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरी ल्याएको देखिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोहोरो अङ्कले घट्यो नेप्से

  काठमाडौँ । धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले

सरकारले १५ दिनभित्र बक्यौता असुलउपर गर्न निर्देशन दिइसकेकाले प्राधिकरण त्यसैअनुरुप अघि बढ्छः कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उद्योगीले अबको १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइन बक्यौता

सिन्धुपाल्चोकमा नदीजन्य पदार्थको ठेक्का लगाउन सास्ती

चौतारा (सिन्धुपाल्चोक)। सिन्धुपाल्चोकका स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउन सकिरहेका छैनन् । स्थानीय

जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व संकलनमा असर

तनहुँ। तनहुँको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व संकलनमा असर परेको