नेपाल पूर्वाधार बैंकले विदेशी वित्त बजारमा ऋणपत्र जारी गर्ने



काठमाडौं । नेपाल पूर्वाधार बैंकले चालु आर्थिक वर्ष भित्र विदेश वित्त बजारमा ऋणपत्र जारी गरी ५ अर्ब रुपैयाँ भित्र्याउने भएको छ । बैंकको आइतबार बसेको साधारणसभामा बैंकका अध्यक्ष अनुज अग्रवालले विदेशमा रहेका वित्त बजारमा ५ अर्ब रुपैयाँ बराबरको र नेपालमा २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने जानकारी दिए ।

२०७५ फागुन २२ गते देखि औपचारीक रुपमा सञ्चालनमा आएको यो बैंकले आर्थिक वर्ष २०७५/०७६ मा कुनैपनि पूर्वाधार तथा परियोजनामा लगानी गर्न सकेको छैन । अध्यक्ष अग्रवालले बैंकले लगानीका लागि पूँजी निर्माण र लगानीका लागि परियोजनाको छनोटको विषयमा काम गरिरहेको बताए ।

पूर्वाधार विकास बैंकले अहिले सम्म कांस्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती र ४९ मेगावाटको मिडल मेवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गरेको छ । यी आयोजनामा करिब ३ अर्ब लगानी स्वीकृत गरेको बैंकले जनाएको छ ।

बैंकको साधारणसभाले कुल पूँजीको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न गर्नुपर्ने सबै कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।

यो प्रकृया पुरा भएपछि बैंकको चुक्ता पूँजी १२ अर्बबाट बढेर २० अर्ब रुपैयाँ पुग्ने छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ६ रुपैयाँ ५७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि काठमाडौं उपत्यकामा दशैं तिहार लक्षित सुपथ मूल्य पसल संचालन

काठमाडौं । सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

युएईका लगानीकर्ता जलविद्युत्, पर्यटन तथा कृषि उद्योगमा लगानी गर्न इच्छुक

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको घनिष्ठ

काठमाडौँ-धुलिखेल विजुली बसमा सरर….

धुलिखेल । काठमाडौँदेखि काभ्रेको धुलिखेलसम्म बुधबारदेखि विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ ।

बजार अनुगमनका क्रममा गरिएको जरिवानाबाट १२ लाख ८७ हजार राजश्व संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले २२ दिनमा तरकारी र फलफूल तथा खाद्य गरी १२३