एनएमबी बैंकद्वारा विशिष्ट प्रकारको ‘एनएमबी जीवन चक्र बचत खाता’ सुरु



काठमाडौं । एनएमबी बैंकले नेपाली वित्तीय बजारमा एक विशिष्ट प्रकारको ‘एनएमबी जीवन चक्र बचत खाता’ प्रस्तुत गरेको छ । यो नव सिर्जनशील योजनामा सात सह– योजनाहरु समावेस छन्, जसमा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकताहरु पूरा हुने गरी प्रस्तुत गरिएको बैंकले जनाएको छ ।

यो बैंकिङ्ग योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका आधारमा योजनाहरू स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराउदछ । यस योजना अन्र्तगत हरेक उमेर समूहका लागि विशेष खालका सुविधाहरू उपलब्ध गरिएका छन् ।

जसले जीवनकालका विभिन्न समयको परिवर्र्तनसँगै विशेष समूहका ग्राहकलाई आकर्षित गराउदछ । आकर्षक योजनाहरूका साथमा आवासीय घरहरूमा हुनसक्ने चोरीलाई समेट्ने बिमा सहितका अन्य लाभकारी फाइदाहरु यस योजनालाई जीवनको पूर्ण वित्तीय साझेदार बनाउने लक्ष्य राखेको छ ।

हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरसहितको सञ्जाल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि झिनो अङ्कले

जुम्लामा जोडियो विद्युतको राष्ट्रिय प्रसारण लाइन

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल

मध्यविन्दु नगरपालिकाको राजस्व भुक्तानी अब अनलाइनबाट

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी शुरु गरेको छ । मध्यविन्दु–१५

लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा

काठमाडौं । शेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आर्कषित भएका छन् । साताको पहिलो