निर्माण व्यवसायी दोस्रो दिन पनि धर्नामा



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले ‘सार्वजनिक खरिद नियमावली–२०७६’ तत्काल सच्याउन सरकारलाई दवाव दिन दोस्रो दिन पनि धर्नालाई निरन्तरता दिएको छ ।

नियमावली सच्याउनका लागि महासंघले मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा धर्ना दिएको छ । महासंघका अध्यक्ष रवि सिंहले नियमावली निर्माणमैत्री हुने गरी नसच्याएसम्म आफूहरुको आन्दोलन जारी राख्ने बताएका छन् ।

हातमा कालोपट्टी बाँधेर धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दवाव दिँदै प्रधानमन्त्री निवास अगाडी धर्ना दिने कामलाई निरन्तरता दिएका हुन् । महासंघले सोमबार पनि प्रधानमन्त्री निवास अगाडि एक घण्टा धर्ना दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’को जिम्मेवारी एमालेकै सहकारी विभागका सदस्यलाई किन ?

-नारायण गाउँले । देशभरका सहकारीमा ठगी र अनियमितता त सुन्नुभएकै छ । प्रायः

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा

आगामी आर्थिक वर्षको कार्ययोजनासहितको विवरण पेस गर्न बीमा प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल बिमा प्राधिकरणले जीवन बीमा  कम्पनी र लघुजीवन बिमा कम्पनीलाई एक