क्लब नोभामा प्रस्तुती दिन बलिउड गायक नवजोत आहुजा काठमाडौँमा


काठमाडौं । बलिउडका चर्चित गायक नवजोत आहुजा काठमाडौँ आएका छन् । उनी मंगलबार दिउँसो नेपाल आएका हुन् । उनले बुधबार ठमेलस्थित क्लब नोभामा उनले प्रस्तुति दिनेछन् । क्लब नोभाले बुधबार स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ ।

सोही अवसरमा क्लबले आयोजना गरेको सांगीतिक कार्यक्रमका लागि गायक आहुजा नेपाल आएका हुन् । जहाँ उनले ‘तेरे लिए मन्दिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ लगायत थुप्रै गीतमा दर्शकलाई झुमाउनेछन् ।‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो ।

यो गीत उनको खत एल्बममा समावेश छ । त्यसबाहेक उनका तू ही हूँ, खुद से मोहब्बत, इंतजÞार, मेरे हो तुम, चले गएलगायत दजनौं गीत चर्चित छ । उनको नेपाल बसाइ तीन दिन रहनेछ । यही दौरानमा उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय स्थलहरूको विशेष भ्रमण गर्नेछन् ।