नेपाली युवा दिवेश पोखरेल बने अमेरिकन आइडलको उप–विजेता



काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उप–विजेता बनेका छन् । अमेरिकन आइडलको १८ औं सिजनकी बिजेता भने २१ बर्षकी जस्ट साम बनेकी छिन् ।

फाइनल शो मा टप फाइभमा पुगेका दिवेश भोटिङमार्फत टप टुमा पुगेका थिए । नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका पुगेका थिए । दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए ।

अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् । उत्कृष्ठ ७ बाट भोटिङका आधारमा दिवेश फाइनलमा पुगेका हुन् । त्यसघि ११ जनाबाट ७ जना छानिएको थियो । कोरोनाको महामारीका कारण अमेरिकन आइडलले भर्चुअल प्रस्तुति गर्दै आएको छ । २० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेसको कथामा चलचित्र ‘राजागंज’

धनुषाधाम । चर्चित निर्देशक, लेखक तथा निर्माता दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ आगामी

यस्तो छ ‘मायाबी’ को ट्रेलर

काठमाडौं । फागुनको १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘मायाबी’ को ट्रेलर सार्वजनिक भएको

‘सुनिँदैनन् वसन्त गीतका राग’

महोत्तरी । ‘मधुमासक मदमातल मनुआ, चैढते फागुन अगराए रहल दिनमणि ऋतुराजक साधकसन वासन्ती

जितु नेपाल ‘परालको आगो’मा अनुबन्धित

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म