संस्कृतको कुरा !



डा. गोविन्दशरण उपाध्याय ।
शब्द भण्डारको प्रचुरता बुझ्दा संस्कृतले विश्वभाषा बन्ने लैकत राख्छ | तर एसको लागिनेपालीले आफ्नो प्राचीन भाषाको स्वामित्व लिनुपर्छ | विदेशीले “संस्कृत मृतभाषा हो” भने र हामीले पट्यायौं | अव यो चेन तोड्नुपर्छ पर्छ | हामीले प्रष्टसंग भन्नुपर्छ “संस्कृत फर्किदै छ” |

संस्कृत भाषालाई माया गर्दैमा संस्कृतको विकास, प्रवर्धन र विस्तार हुँदैन | संस्कृतको वास्तविक विकास मैले वा मेरो परिवार वा समाजको व्यक्तिले सिकेर मात्र हुन्छ | तेसैले संस्कृत भाषा विकासको पहिलो खुड्किलो यो भाषाको जानकारी प्राप्त गर्नु र यो भाषामा विचार आदानप्रदान गर्न सक्ने हुनु हो |

नेपालमा सन् १९८६ मा महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना भयो तर संस्कृतको नाममा, संस्कृत पढेका र संस्कृतको जरो काट्न संस्कृतका नक्कली विद्यार्थी बनेकाहरूको चलखेलले यो सधैं रोगी नै छ | माओवादीहरूले आफ्नो राजनैतिक लाभका लागि संस्कृत र संस्कृतिको खोइरो नै खने | अन्तत: धर्मनिरपेक्षताको आवरणमा माओवादी सफल भए तर नेपाली संस्कृति हार्यो | आज संस्कृतका प्रति जुन जागरुकता आएको छ, स्वसंस्कृतिका विषयमा जागरुकता देखिएको छ, यो धर्मनिरपेक्षताको प्रतिक्रिया र सरकारले रैथाने धर्मसंस्कृति विथोल्नेहरूका सवालमा अत्यन्त ढुल्मुले रवैया हो | ८१.३% हिन्दू जनसंख्या भएको देश नेपालमा कसैले “म हिन्दू हुँ” भन्यो भने उसलाई सरकार र सरकारी तन्त्रले अपराधिका रूपमा व्यबहार गरिन्छ |

माओवादीको संस्कृत र संस्कृति विरोधी चिन्तन र क्रियाकलापका हजारौं खरावी भए पनि वि.स. २०६४ को परिवर्तनपछि क्रमशः जनसाधारण देखि लिएर मोहन विक्रम अधिकारी, मोदनाथ प्रश्रितजस्ता पूराना कम्युनिस्टहरू पनि प्रत्यक्ष रूपमै संस्कृत र संस्कृतिको जगेर्नाका लागि प्रखररुपमा देखापरे | एसले सर्वसाधारणसहित उच्चतहमा संस्कृत र संस्कृतिका पक्षमा सकारात्मक माहौल सृजित गरेको छ | हिजो टुप्पी काट्नेहरू त्रसित वा परिवर्तित भएका छन् | कतिले त प्रत्यक्ष रूपमा नै सार्वजनिक माफी समेत मांगेका छन् |

संविधानमा जसरी धर्मनिरपेक्षताको परिभाषा गरिएको छ, त्यो तेसै आएको होइन | संस्कृत र संस्कृति प्रेमीहरूको घोर दवावबाट त्यो जन्मिएको हो | संस्कृतका पठनपाठनका विषयमा अहिले सरकार निकै दवावमा छ | विदेशी (इसाई-मुस्लिम र विदेशीको पैसाले चल्ने धर्म निरपेक्षताको आवरणमा लुकेकाहरू) कुनै पनि हालतमा संस्कृतलाई उठ्न नदिने पक्षमा छन् भने स्वदेशी जनताहरू संस्कृतका पक्षमा उभिएका छन् | अझैं महत्वपूर्ण तत्थ्य त के छ भने हिजो वैदिक संस्कृतिको घोर विरोध गर्नेहरू आज रैथाने धर्म, संस्कृतिको पक्षमा उभिएका छन् | कम्न्युनिस्ट सरकारले संस्कृत र संस्कृति प्रेमी कम्युनिस्टको कुरा मान्न पर्ने देखिन्छ | धेरै प्रगतिशीलहरूमा संस्कृतको प्राचीन परम्परा र संस्कृति जान्ने, बुझ्ने र तेसैका आधारमा नेपालको पृथक् पहिचान हुने तत्थ्यमा विश्वास गर्न थालेका छन् |

हामी नेपालीहरू बीच एउटा अचम्मको विरोधाभास देखिन्छ | संस्कृतलाई माया गर्ने तर न आफु पढ्ने न आफ्ना छोराछोरीलाई पढाउने !! गोठमा गाई बाँधेपछि घाँस दिनुपर्छ | गाई आमा हुन् भनेर दिनदिनै पूज्दैमा गाईको रक्षा हुँदैन | गाईलाई स्वास्थ्य र उपयोगी बनाउन उसलाई चाहिने सेवा अर्थात् घाँसपानी नै दिनुपर्छ | दोस्रो कुरा, आजको नेपाली समाजलाई अचम्मको “धर्मनिरपेक्ष” रोग लागेको छ जसले संस्कृतभाषालाई हिन्दू-धार्मिक भाषाका रूपमा बुझ्ने/बुझाउने गर्छ | मैले भन्नुपर्छ र अधिकार साथ बोल्नुपर्छ “संस्कृतको विकास हिन्दूहरूले गरेका हुन् | संस्कृतभाषाले हिन्दू धर्म, संस्कृति, सभ्यताको प्रतिनिधित्व गर्छ | जसरी अंग्रेजहरूको प्रतिनिधित्व अंग्रेजीले गर्छ तेसैगरी हिन्दू, जैन, बौद्धआदि भारतवर्षका रैथाने संस्कृतिहरूलाई जरो\तहमा बुझ्न संस्कृत जान्नैपर्छ | संस्कृत भाषा हिन्दू,जैन तथा बौद्धहरूको धार्मिक भाषा हो तर भाषाका रूपमा यो सबैको साझा भाषा पनि हो |

संस्कृत भाषा र साहित्यप्रति केही अन्धविश्वास तथा मनोबैज्ञानिक हीनताबोधहरू सर्वसाधारणमा प्रचलित छन् | पहिलो अन्धविश्वास संस्कृत केवल “बाजे”ले पूजाआजा गर्ने माध्यम हो भन्नेसंग सम्बन्धित छ | दोस्रो, संस्कृत अत्यन्त असजिलो भाषा हो भन्ने भ्रम व्याप्त छ | तेस्रो, संस्कृत पढ्ने मान्छे जोगी हुन्छन् भनेको पनि सुनिन्छ | संस्कृत कर्मकाण्डको माध्यम अवश्य हो तर संस्कृतका हजारौं विधान मध्ये एउटा हो, गुरूहरूले सर्वसाधारणहरूलाई यो कुरा बुझाउन सक्नुपर्छ | उदाहरणका लागि मैले संस्कृत जानेको छु तर मलाई कर्मकाण्ड पटक्कै आउंदैन | संस्कृत एउटा भाषा हो, इसाई, मुस्लिम, पारसी वा कुनै धर्म नमान्ने नास्तिकले पनि सिक्न, हुन्छ, सिक्न मिल्छ र संस्कृतको व्याख्या गर्न हुन्छ | संस्कृत बुझेको छ, जानेको छ भन्दैमा उ हिन्दू नै हुन्छ भनेर सोच्नु संस्कृतभाषाको गौरव र महत्वलाई कम गर्नु हो | वैदिक संस्कृतिको अनुयायी भएको नाताले “संस्कृत जान्नेले वैदिक, जैन बौद्ध धर्म तथा संस्कृतिको सम्मान गर्छ” भन्ने आशा राख्नु निरापद हुँदैन |

सन् २०१८ मा भारतको सुरत जाँदा र सन् २०१९ मा जर्मनको यात्रा गर्दा तेहा संस्कृतको विस्तारको लागि लागि परेका मान्छेहरूसंग भेट भएको थियो | सुरतमा भेटिएका संस्कृतज्ञहरू मुस्लिम थिए भने जर्मनमा इसाई तथा हिन्दूहरू | मैले दुवैमा भाषाप्रति अद्भुत प्रेम रहेको अनुभव गरें | एति हुँदाहुँदै पनि विदेशी वा मुस्लिमहरूले संस्कृत संस्कृतिको विकास गरिदिन्छन् र यो नासा कै सम्पर्क भाषामा रुपान्तरित हुन्छ भन्ने कुरामा विश्वास गर्दिन | १८ करोड जनसंख्या भएको जर्मन होस् वा ६ करोड जनसंख्या भएको ब्रिटेन तेहाका चारजनाले संस्कृत पढे, बोले वा तेहाका विविमा संस्कृत विषयक अनुसन्धान हुँदैछ भने हौसिनु पर्ने आवश्यकता छैन | तिनले गरेका अनुसन्धान वा कार्यहरूले संस्कृतको कायापलट हुँदैन | आफुले संस्कृत नपढ्ने तर संस्कृतको माया छ भनेर देखाउनेहरूले नासा र जर्मनको कुरा गर्छन् |

आजको राजनैतिक भारत, नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान तथा नेपाल राष्ट्रहरू प्राचीन समयमा धेरैधेरै राष्ट्रहरूमा विभाजित हुने र “वीरभोग्या वसुन्धरा”को नियमले एउटा राष्ट्र बन्ने गर्थ्यो | असंख्य राष्ट्र र असंख्य राजा यो प्राचीन भारतवर्षको भाग्य थियो | तेस वखत फरकफरक राष्ट्रका फरकफरक नागरिकहरूलाई जोड्ने भाषा संस्कृत नै थियो | हिन्दू राजाहरू धरतीका लागि लडे र तेसलाई जिते तर संस्कृतको मर्यादामा कुनै न्यूनता राखेनन् | भारतवर्षका फरकफरक लिपिमामा संस्कृतका साहित्य लेखिए | लिपि फरकभए पनि विषयवस्तुमा एक रत्ति फरक परेन | तिरहुत लिपिमा लेखिएको संस्कृत र नेवारी (सरदा वा रन्जना} लिपिमा लेखिएको संस्कृत पढ्नेले ठ्याक्कै एकै किसिमले पढ्थे, बुझ्दथे र सिकाउँथे | आजको नेपालमा नेपालीले संस्कृतको ठाउँ ओगटेको छ | अंग्रेजीले अलिअलि गरेर संस्कृत र नेपाली दूवैको हत्या गर्दैछ |

जसरी अंग्रेजहरूले अंग्रेजी भाषालाई वैश्विक बनाउन काम गरे, जसरी फ्रेन्चहरूले काम गरे तेसैगरी संस्कृतमा काम गर्नुपर्छ | सन् १९४८ मा एक जनासँग जीवित रहेको हिब्रूभाषा इजरायलको अधिकारिक भाषा र आमसंचारको भाषा बन्न सक्छ भने संस्कृत बोल्नेहरू अझैं लाखौं छन् र संस्कृत माउँ भएका करोडौं अनुयायी छन् | संस्कृतलाई “मरेको भाषा” भन्नेहरू गलत छन् भन्ने तत्थ्य आजभोली संस्कृतका पक्षमा उभिएको ठूलो जनसंख्या देखेर बुझ्न सकिन्छ | भविष्यमा संस्कृतभाषा अन्य भाषासरह आमसंचारको भाषा बन्ने आसा नभए पनि लेखक, अनुसन्धान, अनुसन्धाताआदिमा संस्कृतको वर्चस्व बढ्ने निश्चित छ |

विगत तीनवर्ष देखि नेपाली समाजमा स्वधर्म संस्कृति प्रति जागरुकता र पराई धर्महरूप्रति वितृष्णाका भावहरू मुखरित भएर आएका छन् | एता विदेशी धर्महरू पनि साम, दण्ड र भेदको प्रयोग गरेर बडो रणनैतिक तवरले आफ्नो विस्तार गरिरहेका छन् | सबै नेपालीहरूलाई भावनात्मक रूपमा एउटा सूत्रमा बाँध्ने “संस्कृत”लाई निरुत्साहित गरेर सरकारहरूले विदेशी धर्मको पृष्टपोषण गरिरहेको अवस्था छ | यो बीच शुभसमाचार पनि छ, सरकार र सरकारी तन्त्र जतिधेरै संस्कृतप्रति निरपेक्ष वन्दैछन् तेतिनै सर्वसाधारण नेपालीका बीचमा संस्कृत र संस्कृतिप्रति आकर्षण बढीरहेको छ | सरकार एकातिर छ भने जनता अर्कोतिर | सत्य यही हो | उदारणका लागि जरोकिलो प्रतिष्ठानले आरम्भ गरेको विश्व संस्कृत दिवस निरन्तर लोकप्रिय र ग्राह्य हुँदैछ |

हरेक भाषाको आफ्नो क्षेत्र हुन् र आफ्नो लालित्य हुन्छ | विश्वको सबै ज्ञान संस्कृतमा छ भन्नु उचित होइन | संस्कृतमा भएका धेरै ज्ञान अन्यत्र छैनन् भने अन्यत्र विकसित भएका धेरै ज्ञानहरू संस्कृतमा अटाएका छैनन् | तर हामी नेपालीको प्राचीन भाषा संस्कृत नै भएकोले एसको स्वामित्व लिएर सिक्नुपर्छ | विदेशीहरूले संस्कृत सिक्नु र हामीले संस्कृत सिक्नुमा धेरै फरक पर्छ | हामीले सिकेको संस्कृतमा रैथाने गन्ध हुन्छ, भाव हुन्छ, उत्प्रेरणा हुन्छ | उनीहरू केवल अनुवादको कुरा बुझ्दछन् |

मुखले संस्कृत भाषाको उन्नयनको कुरा गर्ने तर प्रेमचाहिं अंग्रेजी भाषासंग गरेर हुँदैन | जवसम्म तुलनात्मक भाषाको कुरा गर्दा आफ्नो मौलिक भाषा “संस्कृत”लाई पहिलो पक्क्तिमा राखेर गौरवका साथ प्रस्तुत हुँदैनौं तवसम्म संस्कृतको उन्नयन हुँदैन |

निश्चयनै संस्कृत एउटा विनम्र तर व्यापक भाषा हो | आज विश्वको आधिजनसंख्याको लोकभाषामा संस्कृत राइछाई छ | तेसैले संस्कृत मरेको भाषा हो भन्नेहरू सही होइनन् | संस्कृत उन्नयनको कुरा गर्ने तर आफु, आफ्ना सन्तान र आफन्त बीच संस्कृतको शिक्षणमा चर्चा परिचर्चा गर्न पहल नगर्नेहरू पनि दोषी छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट

काठमाडौं । कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो

एसीसीए नेपालद्धारा वार्षिक भेला सम्पन्न

काठमाण्डाै, एसीसीए नेपालद्धारा गत शनिबार बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा आफ्ना सदस्यहरुको उपस्थितिमा

चीनियाँ कम्युनिस्ट पार्टीबाट प्रशिक्षण पाएकाहरूले धान्ने नेपालको असंलग्नता !

केशवप्रसाद भट्टराई । १. असंलग्न आन्दोलनलाई सोभियत सङ्घको आशिर्वाद थियो । आफ्नो मुलुकमा

संघीय शिक्षा ऐन छिटो ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले छिटो भन्दा छिटो संघीय शिक्षा ऐन ल्याउन सरकारलाई निर्देशन