सिन्धुलीमा नेपाल एसबीआई बैंकको शाखा लुटपाट


काठमाडौँ । सिन्धुलीमा नेपाल एसबीआई बैंकको शाखा लुटपाट भएको छ । मंगलबार साँझ सात बजेको समयमा सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए । पाँच ६ जनको संख्यामा आएको समूहले सुरक्षा गार्डमाथि कुटपिट गरी बैंकमा लुटपाट भएको उनले बताए ।

प्रहरीले लुटेरा समूह चढेर आएको गाडी र चालकलाई पक्राउ गरेको जनाएको छ । लुटपाट गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।