१४ वर्षअघि सीतापाइलामा सुवेदी दम्पती हत्याका अभियुक्त पक्राउ



काठमाडौं । १४ वर्ष अगाडि काठमाडौंको सीतापाइलामा भएको दम्पती हत्याका आरोपी सर्लाही घर भएका जेके भनिने जयकिशोर साह पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३४ वर्षीय साहलाई असार २८ गते बाँकेबाट पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई सोमबार ब्युरोले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । २०६३ साल पुस २० गते सीतापाइलामा काठ मिल सञ्चालन गर्दै आएका ४५ वर्षीय नातिकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको हत्या गरी फरार भएका साहलाई बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

हत्यामा संलग्न अर्का आरोपी बाँकेका प्रताप राना भने अझै फरार रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआईजी सहकुल थापाले जनाकारी दिए । हत्या गरेपछि फरार रहेका दुवै जना भारतको लखनउ पुगेको र दुई वर्ष त्यहाँसँगै बसेपछि राना अन्यत्रै लागेको उाको भनाई छ। साहले भारतमा पुगेर जय शर्मा नामबाट भारतीय रासन कार्डसमेत लिएर बस्दै आएको प्रमुख थापाले जानकारी बताए ।

हत्याका आरोपी दुवै जना त्यही काठ मिलका कामदार हुन् । मिल सञ्चालक सुवेदीसँग भनाभन भएपछि २०६३ साल पुस २० गते राति छुरा प्रहार गरी सुवेदी दम्पतीको हत्या गरेका थिए । उक्त घटनाका बेला साह १५ बर्षका थिए ।

हत्या गरेपछि फरार रहेका दुवै जना भारतको लखनउ पुगेको प्रहरीले जनाएको छ । दुई वर्ष त्यहाँ सँगै बसेपछि राना अन्यत्रै लागेका थिए । साहले भारतमा पुगेर जय शर्मा नामबाट भारतीय आधार कार्ड समेत लिएर बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीको रकम अपचलनको अभियोगमा लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा दर्ता

विराटनगर । मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति

रविलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन हिरासतमा

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, सातवर्ष कैद सजायको माग

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ

श्रोत नखुलेको ४७ लाख नगदसहित मोरङबाट एक महिला पक्राउ

काठमाडौं । स्रोत नखुलेको रकमसहित मोरङमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।