८५ लाख रुपैयाँ भन्दा बढीको सुन चोरीको अभियोगमा तीन जना पक्राउ



काठमाडौं । काठमाडौं उपत्यकाभित्रका सुनचाँदी पसलमा चोरी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ‍

प्रहरीले आइतबार मोरङ उर्लाबारीबाट उदयपुर त्रियुगा नगरपालिका-२ का ३७ वर्षीय सुमित भन्ने गंगाबहादुर तामाङ र महोत्तरी बर्दीबास-४का ४५ वर्षीय बुद्धबहादुर माझीलाई पक्राउ गरेको हो।

सोही घटनामा फरार प्रतिवादी उदयपुर रामपुर गाउँपालिका ३ का बिक्रम भन्ने जङ्गबहादुर माझी मंगलबार दरबारमार्गबाट पक्राउ परेका छन्। पक्राउ परेका तीन जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको छ।

उनीहरूले लाजिम्पाटस्थित दीलिपकुमार श्रेष्ठको पवी ज्वेलर्समा फागुन १८ गते चोरी गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अवैध रूपमा भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ

काठमाडौँ । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट

एकलाख घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिँदै गरेका बेला फक्राउ परेका

काभ्रेको बनेपा लागूऔषध तस्करको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

काभ्रे । बनेपा नगरपालिका–७ उग्रेश्वरबाट प्रहरीले यही साउन १ गते लागूऔषध बोकेर हिँडेका

पूर्वराज्यमन्त्री हत्या प्रकरणः घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद, घटनामा संलग्नहरूको पहिचान हुन बाँकी

  सर्लाही । सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु