चौरजहारी घटनाका आरोपी ३४ जनाविरुद्ध मुद्दा दर्ता, क्रुरतापूर्वक हत्या भएको प्रहरीको निष्कर्ष



जाजरकोट । रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या घटनामा संलग्न ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार चौरजहारी ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेका, बाँकीलाई घाइते बनाएका र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसूरमा मुद्दा दर्ता गरिएको हो ।

यसअघि प्रहरीले रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय, रुकुमले अनुसन्धानबाट भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको भेटिएको किटानी गरेको छ । घटनाका प्रतिवादी ३४ मध्ये २९ जना पक्राउ परिसकेका छन् भने ५ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

उनीहरुमाथि ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत ऐनअनुसार पनि कारबाही गर्न माग गरिएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले वडाध्यक्ष, युवतीसहित उनका बुबा, आमा, दाइलगायतलाई प्रतिवादी बनाएको छ । नदीमा हाम फालेको व्यक्तिलाई पनि ढुंगा हानेको प्रहरीको भनाइ छ । मृतक नवराज र उनकी प्रेमिका भनिएकी मल्ल थरकी युवतीबीच पहिले राम्रो सम्बन्ध भएपनि पछिल्लो समय बिग्रिएको पनि प्रहरीको अनुसन्धानमा छ ।

जेठ १० गते रुकुम पश्चिम चौरजहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसक्रममा केटी पक्षको आक्रमणमा परी ६ जना मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर