यातायातका तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजस्व रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीहरुबाट संकलित राजस्व प्रचलित कानून वमोजिम सम्वन्धित राजस्व खातामा दाखिला नगरी, नगराई राजस्व रकम हिनामिना गरी आफूसमेतलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानीनोक्सानी पुर्याउने काम गरेको भन्दै आयोगले आइतबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिम कैद सजाय र जरिवाना एवं बिगो असुल गर्न मागदाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

  काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस

पाल्पामा पँधेरामा नुहाउन गएकी एक युवतीको हत्या

पाल्पा । पाल्पाको रिब्दीकोटमा एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा