काठमाडौंको सानो भर्याङबाट १० लाख थान मास्कसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको सानो भर्याङबाट प्रहरीले १० लाख थान मास्कसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले युवराज न्यौपानेले सञ्चालन गरेको दीप ओभरसिज ट्रेर्डसबाट उक्त परिमाणमा मास्क बरामद गरेको हो । यसअघि पनि प्रहरीले काठमाडौंबाट करिब १० लाख थान भन्दा बढी मास्क बरामद गरेको थियो ।
कपन र सतुंगलबाट प्रहरीले मास्क बरामद गरेको थियो । कोरोना भाइरस विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएपछि नेपालमा मास्कको कालोबजारी बढेको छ ।
व्यापारीले पाँच रुपैयाँ पर्ने मास्कलाई यसरी लुकाएर बजारमा अभाव देखाई २५ रुपैयाँमासमेत बिक्रि गर्ने गरेको पाइएको छ । यसरी मास्क लुकाउन थालेको पाइएपछि प्रहरीले यसकाविरुद्द अपरेशन नै सुरु गरेको छ ।