विश्व

महाभियोग सुनुवाइमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उपस्थित नहुने

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्प र उनका वकिलहरूले बुधवार संसद्‍को तल्लो सदनमा हुने सुनुवाइमा भाग नलिने जनाएको छ। संसद्‍को न्यायपालिकासम्बन्धी समितिलाई लेखेको पत्रमा कानुनी सल्लाहकार प्याट सिपोलोनीले निष्पक्षताको अपेक्षा राखेका राष्ट्रपतिले त्यसमा भाग लिन नसक्ने बताएका हुन्।