जेरुसेलममा इजरायली सेनासँगको झडपमा ५७ प्यालेस्टाइनी घाइते



जेरुसेलमको अल–इसाविया नजिक इजरायली सेनासँगको झडपमा कम्तीमा ५७ प्यालेस्टाइनीहरू घाइते भएका छन् । कुड्सनेट समाचार एजेन्सीले जनाएअनुसार इजरायली सैनिकहरूले गरेको अश्रु ग्यास प्रहारबाट अधिकांश घाइते भएका छन्।

प्यालेस्टाइनीहरूले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेका छन्। इजरायल र प्यालेस्टाइनबीचको सम्बन्ध दशकौंदेखि बिग्रिएको छ। प्यालेस्टाइनीहरूले इजरायलले आंशिक रूपमा ओगटेको पूर्वी जेरुसेलम र गाजा पट्टीलगायत वेस्ट बैंकको भूभागमा आफ्नो स्वतन्त्र राज्यको लागि कूटनीतिक लडाइ लडिरहेका छन् ।

इजरायली सरकारले प्यालेस्टाइनलाई स्वतन्त्र राजनीतिक र कूटनीतिक संस्थाको रूपमा मान्यता दिन अस्वीकार गरेको छ र संयुक्त राष्ट्रसंघको आपत्तिको बावजुद कब्जा गरिएका क्षेत्रमा बस्तीहरू निर्माण गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

हरि लाछिाने, हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा छन्

उत्तर कोरियाद्वारा दुई वटा क्रुज क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले बुधबार दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको सोलको रक्षा मन्त्रालयले जनाएको छ

युक्रेनका राष्ट्रपतिले राष्ट्रसङ्घीय महासचिव र टर्कीका राष्ट्रपतिसँग भेट गर्ने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस र टर्कीका राष्ट्रपति रिसेप

बाढीमा परी सुडानमा ७५ जनाको मृत्यु

सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । वर्षाका कारण यहाँ