खेलकुद

चैत ३० गतेदेखि दोस्रो संस्करणको ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल’ हुने

काभ्रे । काभ्रेपलाञ्चोक बास्केटबल सङ्घले यही चैत ३० गतेदेखि दोस्रो संस्करण ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा मुलुकभरका उत्कृष्ट खेलाडी एउटै कोर्टमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ