खेलकुद

अन्नपूर्ण म्याराथनको उपाधि जुम्ली मामाभाञ्जीलाई

गण्डकी । जुम्लाका धीराबहादुर बुढा र गणना भण्डारी नाताले मामाभाञ्जी हुन् । म्याराथनमा भविष्य बनाउन सङ्घर्षरत उनीहरूका लागि आजको दिन सुखद् रह्यो । अन्नपूर्ण आधार शिविरबाट पर्यटकीय गाउँ घान्द्रुकसम्मको ‘अन्नपूर्ण म्याराथन’मा पुरुषतर्फको बुढाले र महिलातर्फको उपाधि भण्डारीले हात पारे ।