राजनीति

मधेश प्रदेशमा सरकारबाट बाहिरियो एमाले

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मंगलबार नेकपा एमालेबाट सरकारमा सहभागी चारजना मन्त्री र एकजना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री यादवले पाँचैजना मन्त्रीको राजीनामा स्वीकृत गरि उनीहरुले सम्हालेका मन्त्रालयको कार्यविभाजनसमेत गरेका छन्।